बुवाले हानेकाे इँटाले लागेर छाेराकाे मृत्यु

कैलाली । कैलालीमा बुवाले प्रहार गरेकाे इँटाले लागेर छोराको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ६ मट्यारीका ४७ वर्षीय महेश कुमार चौधरीले सामान्य विवादमा इँटा प्रहार गर्दा २१ वर्षीय छोरा अर्जुन चौधरीको मृत्यु भएको हो ।
प्रहरीले खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको टोली घटनास्थलमा खटिएको र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पाल स्वयं घटनास्थल पुगेका छन् ।
महेशलाई भने नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
सामुदायिक वनमा रहेको मन्दिरभित्रको शिव भगवानको पूर्ण कदको मुर्ति तोडफोड गरेपछि विवाद उत्पन्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी पालले बताए । उनले मृतकले मुर्ति तोडफोड गर्न थालेपछि बुवा र छोराको विवाद भएको बताए । पहिला छोराले इँटाले बुबालाई प्रहार गरेपछि बुवाले सोही इँटाले छोरालाई प्रहार गरेपछि अर्जुनकाे घटनास्थल मै मृत्यु भएको उनले जानकारी दिए ।

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_UcexAd46Az_dely9jcridv70q9exgjlvtsogbdtidhlhhzy56jtydhhrzpvwlue6igr6gzj.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया