लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : जेठ १ मा नामावली प्रकाशन, २ गते मनोनयन

काठमाडौं : जेठ १७ गते सोमबार हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम निर्वाचन आयोगले स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ । त्यसै दिन दावी विरोधको उजुरी दिने भनिएको छ ।
जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रममा भनिएको छ । जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने उल्लेख छ ।
जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, जेठ ८ गते उम्मेदवारले नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाकारी दिएको छ ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया