लिफ्टिङ खानेपानी र सिँचाइका लागि नि:शुल्क विद्युत्

पोखरा- बिहीबार नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नवनियुक्त मुख्यमन्त्रीसँगै बिनाविभागीय मन्त्रीद्वय सरस्वती अर्याल र शुशीला सिंखडाले शपथ लिएपछि पदभार ग्रहणका क्रममा विभिन्न निर्णय गरेको छ ।
पदभार ग्रहण गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा सरस्वती अर्याललाई नियुक्त गरेको थियो । त्यसपछि मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पर्यटन, जलविद्युत्, उत्तरी र दक्षिणी नाका सञ्चालनमा ध्यान दिने बताए । सोही अवसरमा उनले युवालाई प्रोत्साहन गर्नका लागि कृषिमा आधुनिकीकरणमा ध्यान दिँदै कार्यक्रम तय गर्ने पनि उल्लेख गरे ।
सरकारका प्रवक्ता सरस्वती अर्यालले प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिन् । लिफ्टिङ खानेपानी र सिँचाइ योजनाको विद्युत महसुलमा सतप्रतिशतसम्म अनुदान दिने निर्णय गरेको उनले बताइन् । कृषि उत्पादन र उत्पादकत्व बढाउन लिफ्टिङ खानेपानी र सिँचाइ योजनाको विद्युत महसुलमा सतप्रतिशतसम्म अनुदान दिने निर्णय पनि गरेको हो ।
बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटो, छरितो एवं सहज बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखा सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया