महन्थ मनाउने जिम्मा देउवालाई दिनेगरी छलफल

काठमाडौँ : कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) बीच नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा छलफल सुरु हुने भनिए पनि पदाधिकारी बैठकपछि छलफल हुनेगरी अनौपचारिक छलफल भएको छ । यतिबेला देउवा निवासमा पदाधिकारी बैठक जारी रहेकाे नेता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
पदाधिकारी र पूर्वपदाधिकारी बैठक पछि दलीय बैठक हुनेछ । सोही बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित नेताहरू र जसपाका उपेन्द्र यादव सहितका नेताहरू सबैसँग भर्चुअल छलफल पनि भइरहेको छ । आपसमा टेलीफोन सम्पर्क मार्फत छलफलमा उनीहरू जुटेका हुन् । जसपाका महन्त ठाकुर सहितका केहि नेताहरू भने देउवासँगको सम्पर्कमा आएका छैनन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेपछि तीन दल छलफलमा जुटेका हुन्। उनीहरुबीच विभिन्न कोणबाट छलफल भइरहेको छ ।
यी दलबीच पहिले नै सहमति भएको भनिए पनि अझै महन्थ ठाकुरलाई मनाउन नसक्दा समस्या भइरहेको सहभागीले बताए । यादवले महन्थलाई मनाउन नसकेको भए कांग्रेस सभापतिले महन्थसँग छलफल गर्नपर्ने सुझाव सबैजसाेले देउवालाई आरम्भमा नै दिइरहेका छन् ।
बाह्य शक्तिको चाहना ओली राख्ने/नराख्ने के हो भन्ने विषयमा पनि अनौपचारिक छलफल जारी छ । नेपालको राजनीतिमा बाह्य शक्तिको भूमिका पनि महत्वपूर्ण हुने र त्यही शक्तिबाट कोही प्रभावित भएर समस्या आएको हो कि भन्दै त्यसलाई चिर्न पर्नेमा जोड दिइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया