मकवानपुर जिल्ला अदालतले गर्यो ९ महिनामा करिब १३ सय मुद्दा फैसला

मकवानपुर - जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, लागुऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा सो अवधिमा फैसला भएको जनाइएको हो । अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा र नयाँ एक हजार पाँच सय आठ मुद्दा दर्ता भई कूल दई हजार सात सय २८ मुद्दा रहेकामा त्यीमध्ये ४७ प्रतिशत मुद्दा फैसला भएको अदालतको एक तथ्यांकले जनाएको छ ।
श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले सरल मार्ग, सामान्य मार्ग, विशेष मार्ग र अन्य गरी चार भागमा प्रकृतिअनुसार मुद्दा विभाजन गरीे फैसला गरिएको छ । सरल मार्गअन्तर्गत छ महिनासम्म रहेका मुद्दा, सामान्य मार्गमा एक वर्षसम्म रहेका मुद्दा, विशेष मार्गमा १८ महिनासम्म रहेका मुद्दा पर्छ भने अन्यमा फैसला हुन १८ महिनाभन्दा बढी समय लाग्ने मुद्दा पर्छ ।
अदालतमा रहेका एक हजार दुई सय ९७ मुद्दामध्ये सरल मार्गका तीन सय ३४ मुद्दा फैसला भएको छ । सामान्य मार्गका पाँच सय ६५ मुद्दा, विशेष मार्गका दुई सय २४ मुद्दा र अन्य एक सय ७४ मुद्दा फैसला भएको हो । साथै सरल मार्गका छ सय ६२ मुद्दा, सामान्य मार्गका चार सय ८२ मुद्दा, विशेष मार्गका एक सय ९० मुद्दा र अन्य ९५ मुद्दा फैसला हुन बाँकी रहेको उहाँले जानकरी दिए । गत सोमबार एकै दिन चार न्यायाधीशबाट १५ वटा मुद्दा फैसला भएको बताइएको छ । त्यसदिन ५६ वटा मुद्दाको पेशी भएकोमा २७ वटामा आदेश जारी भएको र १२ वटा मुद्दा स्थगित गरिएको थियो ।
रासस

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया