डिजिटल भुक्तानी प्रवर्द्धनमा ‘कनेक्ट आइपिएस’ प्रणालीलाई नेपाल राष्ट्र बैँकको सम्मान

काठमाडौं – नेपालको विद्युत्तीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्याएको हुँदा ‘कनेक्ट आइपिएस’लाई गभर्नर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका छन् ।
नेपाल राष्ट्र बैँकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरूले सञ्चालनमा ल्याएका संयन्त्र/प्रणालीहरू मध्ये नेपाल क्लियरिङ्ग हाउसको ‘कनेक्ट आइपिएस’ प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै बिहीबार नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका दिन आदरणीय गर्भनरले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।
राष्ट्र बैँकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवर्द्धन वर्षको रूपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरू संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरूलाई राष्ट्र बैंकले सम्मान गरेको हो । सम्मानले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहित समेत बनाएको बताइएको छ ।
उक्त प्रणालीबाट खाता तथा वालेटमा गरिने फन्ड ट्रान्सफर, व्यावसायिक भुक्तानी हरू नेपाल सरकारको राजस्व, सेवा वापतको रकम संकलन तथा विभिन्न भुक्तानीका कारोबारहरू हुँदै आएका छन् ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया