बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

गोरखा नगरपालिकामा मंगलबार २३ जनामा कोभिड संक्रमण पुष्टि

गोरखा : गोरखा नगरपालिकामा मंगलबार २३ जना कोभिड संक्रमित थपिएका छन् । नगरपालिकाभित्र नौ जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन निश्चल अर्यालका अनुसार वडा नं. ३ का एक पुरुष, गोरखा नगरपालिका ६ तीनधारेकी एक महिला र सोही वडामा व्यापार व्यवसाय गरी बस्ने तराइका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गोरखा नगरपालिका ८ का पाँच पुरुष र चार महिला, गोरखा नगरपालिका ९ का एक पुरुष र एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै गोरखा नगरपालिका वडा नं. ११ का एक पुरुष र एक महिलामा, १२ की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं. १३ का एक महिला र एक पुरुष र वडा नं. १४ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

बारपाक सुलीकोट २ घर भई हाल गोरखा नगरपालिकामा बस्ने एक महिला, सिरानचोक ४ घर भई हाल गोरखा नगरपालिका बस्ने एक पुरुष र काठमाडौंको तारकेश्वर ६ घर भई गोरखामा बस्दै आएका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।