रिडी-तम्घास सडक वैशाख १५ देखि ३१ गतेसम्म बन्द हुने

काठमाडौँ- रिडी-तम्घास सडक खण्ड १७ दिन बन्द हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय तम्घास, गुल्मीले उक्त सडक खण्ड अन्तर्गत पानीट्यांकी ठूलोढुङ्गामा यहीं वैशाख १५ देखि ३१ गतेसम्म सवारी साधन आवागमनमा रोक लगाउने भएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार निर्माण कार्य सुचारु गर्न पहरो फोरी सडक चौडा गर्नका लागि मुख्य सडक खण्डमा सवारी साधन आवतजावतले कठिनाइ भएको हुँदा र सवारी साधन नरोकी निर्माण कार्य गर्दा दुर्घटनाको जोखिम भएकाले बाटो बन्द गरिएको हाे ।
उक्त स्थानमा बिहान १० देखि दिउँसो १ बजेसम्म, दिउँसो ३ देखि साँझ ६ बजेसम्म र राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
गत फागुन २६ गते निर्माण व्यवसायी श्री समानान्तर–एलिट जे.भी. र नेपाल सरकार, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय, चाकुपाट, ललितपुरबीच सडक निर्माण कार्यको सम्झौता भई निर्माण कार्य सुचारु भएको थियो ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया