काठमाडौँ महानगरले सिल गर्यो घरमा सञ्चालन भइरहेको पेट्रोल पम्प

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । महानगरले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको पम्पमा सिल गरेको हो ।
बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत फागुन १० मा महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।
बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले इकागजलाई जानकारी दिए । यसअघि महानगरपालिकाले आयल निगमले मापदण्ड विपरीत रहेका पेट्रोल पम्पहरू हटाउन सहजीकरण नगरेको भन्दै गुनासो गर्दै आएको थियो ।
२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो । ती मध्ये १६ वटा पम्प राजनीतिक पहुँच लगाएर अझै पनि यथास्थानमै सञ्चालनमा छन् ।

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

महेशपुर भन्सारबाट १६ करोड राजस्व सङ्कलन

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

प्रतिक्रिया