मुख्यमन्त्रीमा दाबी पेश गर्न डिल्ली चौधरी प्रदेश प्रमुखको कार्यालयमा
बुटवल - लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि ८ दलको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् । त्यसका लागि चौधरी सहित गठबन्धन दलका सांसद र समर्थकहरू बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । गठबन्धन दलको बैठकले यसअघिकै सहमतिअनुसार चौधरीको नेतृत्वमा जानेगरी प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने निर्णय गरेको हो । आज ४ बजेपछि चौधरीलाई मुख्यमन्त्रीका रुपमा प्रदेश प्रमुख शेरचनले घोषाण गर्ने तयारी छ। चौधरी दाङ क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।
यसअघि मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गरेका थिए । सोही सूचनाकै आधारमा दाबी पेस गर्न पुगिएको हो ।
कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिइसकेका थिए । यस पटक पनि ५३ जनाको हस्ताक्षर सहित दाबी पेस गर्न लागिएको हो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।
बहुमतको लागि ४४ सांसाद आवश्यक पर्नेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा माओवादीले अर्थ र भौतिकसहित ३ मन्त्रालय दाबी गरेको छ । कांग्रेसले भने अर्थ र भौतिकमध्ये एक मन्त्रालय आफूसँगै राख्न र माओवादीलाई दुई मन्त्रालय दिन बचाहेको छ ।
कांग्रेसका एक सांसदले कांग्रेसले मुख्यमन्त्रीसहित ३ वा ४, माओवादीले २ वा ३ र जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोसपाले १–१ मन्त्रालय पाउने सम्भावना रहेको बताए ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_BvR7WMlawl_1dbbxl7mlk6k69pjqyjxiyer2g3nphrmirbfsr9srrigbcecxq6f5dcvpb7r.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया