महालक्ष्मी विकास बैँकद्वारा स्कुल ब्याग वितरण

काठमाडौं – महालक्ष्मी विकास बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्त्वअन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययन रत विद्यार्थीहरूका लागि विद्यालय झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैँकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरूको लागि नेपाल भर ५८ विद्यालय स्थापनागरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालद्वारा करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय झोला सहयोग गरेको हो ।
२०८० वैशाख १३ गते जुनकिरी पब्लिक विद्यालय साँखु, काठमाडौंमा सम्पन्न कार्यक्रममा शिक्षाको मुल धारमा आउन नसकेका वा पिछडिएका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको संस्थासँग समन्वय गरी बैँकले विद्यार्थीहरूका लागि उक्त सहयोग प्रदान गरेको हो ।
बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामग्रीहरू मध्ये झोलाको सुविधा पुर्याउने हेतुले बैँकले उक्त सहयोग गरेको हो ।
उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रामेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरू र बैँकका तर्फबाट बजार निक्षेपिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सी तथा बागमती प्रदेश ‘क’ का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको थियो ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया