सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

नेपाल समूह विजेता बन्‍ने लक्ष्यका साथ कतारसँग भिड्दै

काठमाडौं - एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतबीच भिड्नेछन् । 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

घरेलु टोली नेपाल कतारलाई हराउँदै समूह विजेता बन्न‍ लक्ष्यका साथ मैदान उत्रनेछ । ​यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌ंक बाँडेको थियो । 

नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।