हलिउड फरेन प्रेस विवाद : टम क्रुजले गोल्डेन ग्लोबको ट्रफी फर्काउने, एनबीसीले प्रसारण नगर्ने

लसएन्जल्स : समावेशी बनाउने उद्घोष गरेर सञ्चार माध्यममा आएको हलिउड फरेन प्रेस झन् विवादमा फसेको छ । सुधारका काम थाल्ने भनेर टाइम लाइनसमेत निकाले पनि धेरैले प्रेसको कुरालाई पत्याएका छैनन् ।
स्कारलेट जोन्सन र मार्क रफेलो पछि टम क्रुजले पनि प्रेसको विरुद्धमा मुख खोलेका छन् । उनले विरोध स्वरुप आफूले पाएका गोल्डेन ग्लोबका ट्रफी फिर्ता गर्ने उद्घोष गरेका छन् । भेराइटीका अनुसार उनले ‘बर्न अन दि फोर्थ अफ जुलाई’, ‘जेरी म्यागुरे’ र ‘म्यागनोलिया’बाट पाएको ती गोल्डेन ग्लोब फिर्ता गर्ने निर्णय गरेका हुन् ।
मे ३ मा हलिउड फरेन प्रेसले प्रतिनिधित्वबाट बन्चित रहेका समूहबाट २० नयाँ सदस्य थप्ने र १८ महिनामा यस्ताको सहभागिता ५० प्रतिशत पुर्याउने घोषणा गरेको थियो । गत वर्ष लस एन्जल्स टाइम्सले गोल्डेन ग्लोब आयोजन ागर्ने कमिटीमा एक जना पनि काला जातिका सदस्य नरहेको समाचार छापेको थियो । पछि खोजी गर्दै जाँदा सन् २००२ देखि यसमा काला जातिका सदस्य नरहेको पत्ता लागेको थियो ।
हलिउड फरेन प्रेसका सदस्यमाथि प्रेस मिटमा विशेष सुविधा खोज्ने गरेको र यस्ता समारोहमा सेक्सिस्ट प्रश्न सोध्ने गरेको आरोप लाग्दै आएको थियो ।यसैबीच गोल्डेन ग्लाबको अवार्ड समारोह प्रसारण गर्दै आएको एनबीसी टेलिभिजनले पनि आइन्दा गोल्डेन ग्लोब प्रसारण नगर्ने घोषणा गरेको छ । टेलिभिजनले पनि प्रेस एसोसिएसनले विविधताका लागि गम्भीर भएर काम गरेको महसुस नहुँदासम्म समारोह प्रसारण नगर्ने जनाएको छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया