कोशी प्रदेशकी पूर्वप्रदेश सभा सदस्य खातुन आत्मसमर्पण गर्दै

विराटनगर- कोशी प्रदेश सभाकी पूर्व सदस्य गुलेफुन खातुनले अदालतमा आत्मसमर्पण गर्ने तयारी गरेकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी उनले बिहीबार उच्च अदालत विराटनगरमा उपस्थित भई आत्मसमर्पण गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
उनले बुधबार नै उच्च अदालतमा आत्मसमर्पण गर्ने तयारी गरे पनि परिवारका सबै सदस्यहरूसँग भेटघाट हुन बाँकी रहेको भन्दै पछि हटेकी थिइन् । खातुनले आफ्ना कानुन व्यवसायीहरूसँग पनि परामर्श गरेकी थिइन् ।
झापामा रहेका आफ्नो जेठो छोरालाई भेट्न बाँकी रहेकाले छोरालाई भेटेर मात्रै अदालतमा आत्मसमर्पण गर्ने निर्णयमा पुगेको निकट स्रोतले जनाएको छ ।
आत्मसमर्पण भएको अवस्थामा कैद सजाय तोकिएको पुर्जीसहित अदालतले प्रहरीलाई जिम्मा लगाउने र प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला कारागार मोरङमा पठाउने व्यवस्था रहेको उच्च अदालत स्रोतले जनाएको छ ।
कटहरी गाउँपालिका (साविक कदमाहा गाविस–२) निवासी खातुनका विरुद्ध २०७३ असार २८ गते जिल्ला अदालत मोरङमा सरकारी कागज छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । खातुन विरुद्धको उक्त मुद्दामा जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते फैसला गरी कैद सजायसहितको कसुर ठहर गरेको थियो ।
जिल्लाको आदेशविरुद्ध सांसद खातुनले उच्च अदालत विराटनगरमा २०७४ माघ ३० गते पुनरावेदन गरेकी थिइन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै २०७९ पुस ९ गते उनलाई एक वर्ष कैद सजाय हुने फैसला सदर गरेको थियो ।
किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरबाट दोषी ठहर भएकी पूर्व प्रदेश सभा सदस्य खातुन पक्राउ पर्ने डरले फरार थिइन् । नेकपा एमालेकी तत्कालीन समानुपातिक प्रदेश सभा सदस्य खातुनले पक्राउ पर्ने भयले २०७९ असार १६ मा प्रदेश सभा सदस्यबाट समेत राजीनामा दिएकी थिइन् ।
उनले उच्च अदालत विराटनगरले गरेको फैसलाविरुद्ध चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा थप सुनुवाइका लागि निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतको २०७९ जेठ २५ गतेको इजलासले उक्त मुद्दा दोहोर्याउने मागको निवेदन खारेज गरेको थियो ।
मुद्दा दोहोर्याउन सर्वोच्चले अनुमति नदिएपछि उनी फौजदारी कसुरमा पक्राउ पर्ने र प्रदेश सभा सदस्य पदबाट पनि पदमुक्त हुने निश्चित भएको भन्दै प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी थिइन् ।
सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि खातुनसहित उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिनसम्म प्रहरी हिरासतमा बसिसकेका छन् । त्यति बेला उनी १० हजार धरौटीमा रिहा भएकी थिइन् । जिल्लाको फैसलाविरुद्ध उनी त्यसपछि उच्च अदालत विराटनगरमा पुगेकी थिइन् । उच्चले समेत जिल्लाकै फैसलालाई सदर गरेपछि उनी पुनः सर्वोच्च पुगेकी थिइन् ।
प्रदेश सभा सदस्यमा बहाल रहँदा खातुन प्रहरीलाई छल्दै प्रदेश सभा सचिवालयमा हाजिर गरेर निस्किने गरेकी थिइन् । उनले प्रदेश सभा सदस्यका रूपमा प्राप्त गर्ने सेवा सुविधा समेत बेलाबेलामा रोकिँदै आएको थियो । फौजदारी कसुरमा पर्ने किर्ते जालसाझी मुद्दाकै कारण उनी प्रदेश सभाको पहिलो पाँच वर्षको अधिकांश बैठकमा अनुपस्थित भएर समय बिताएकी थिइन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_TeEl0lzWkP_omvf9u4abkekis4fbai91v8vchj49tw4me1e4prz7d5rqxufv2qp8xe0jc6l.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया