छैटौं फिल्ममा सँगै काम गर्दै मार्टिन स्कोरसेजी र लियानार्दो, ‘किलर्स अफ दि फ्लावर मुन‘को फस्ट लुक सार्वजनिक

लसएन्जल्स : माटिन स्कोरसेजी र लियानार्दो डिकाप्रियोको जोडी निर्देशक र कलाकारमाको रुपमा हलिउडमा सफल जोडी मानिन्छ । यो जोडीले जहिले जहिले सहकार्य गरेको छ, माइलस्टोन सिनेमा दिएको छ । अब यो जोडी छैटौं पटक एउटै फिल्ममा काम गरिरहेका छन् ।
निर्माणको चरणमा रहेको ‘किलर्स अफ दि फ्लावर मुन’ दुवैले सहकार्य गरिरहेको छैटौं प्रोजेक्ट हो । यो फिल्मको मंगलबार फस्ट लुक सार्वजनिक भएको छ । निर्माण कम्पनी एप्पलले पहिलो अफिसियल फोटो सार्वजनिक गर्दै फिल्मका मुख्य कलाकार लियोनार्दो र लिली ग्लाडस्टोनको लुक सार्वजनिक गरेको हो ।
फिल्ममा दुवैले अर्नेस्ट र मोली बुर्खाटको भूमिका निर्वाह गरेका छन् । फिल्ममा स्कोरसिजका फेवरेट रबर्ट डी निरो पनि छन् । फिल्म डेभिड ग्रानको नन फिक्सन किताबमा आधारित छ । फिल्ममा सन् १९२० मा रबर्टले निर्वाह गरेको चरित्रको जमिनमा तेल भेटिएपछि सुरु भएको हत्या शृंखलाको अनुसन्धानमा आधारित छ ।
इन्डिवायरका अनुसार यो फिल्मको सुटिङ गत सालको मार्चमा सुरु गर्ने योजना थियो । तर, यो फिल्मको सुटिङ भर्खरै सुरु भएको हो । मार्टिन र लियोले यसअघि ‘एभिएटर’,‘ग्याङ्ग्स अफ न्युयोर्क’, ‘सटर आइल्यान्ड’, ‘दि डिपार्टेड’ र ‘वुल्फ अफ दि वालस्ट्रिट’मा सँगै काम गरेका छन् । ‘एभिएटर’ र ‘वुल्फ अफ दि वालस्ट्रिट’बाट लियो अस्करमा उत्कृष्ट अभिनेताको मनोनयनमा पनि परेका थिए ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया