सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले काठमाडौँ-तराई-मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको जानकारी दिए । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताए ।
उनले भने, ‘काठमाडौँ—तराई-मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौँ । त्यो समितिले काम अघि बढाएको छ । छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्ताव समितिमा पठाउने निर्णय भएको छ । जग्गा कित्ता काटको विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ ।’
मन्त्री ज्वालाले जग्गा कित्ता काट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए ।

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

प्रतिक्रिया