नेपालविरुद्ध खेल्नुअघि मलेसियासँग हार्यो कतार

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालसँग खेल्नुअघि कतारले मलेसियाविरुद्ध पराजय भोगेको छ । समूह ‘ए’ अन्तर्गत मुलपानी मैदानमा भएको खेलमा मलेसियाले कतारलाई ३ विकेटले पराजित गरेको हो ।
मलेसियाले चार खेलमा दोस्रो जित हात पारेको हो । कतारले भने खेलेका तीनवटै खेलमा पराजय भोगेको छ । कतारले समूह चरणको अन्तिम खेल बिहीबार नेपालविरुद्ध खेल्नेछ ।
मंगलबार जितका लागि चाहिएको २ सय १६ रनको लक्ष्य मलेसियाले ३४ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । वर्षाका कारण मैदानको अवस्था खराब भएपछि ढिलो गरी सुरु भएको खेल ३५ ओभरमात्र खेलाइएको थियो ।
कतारविरुद्ध मलेसियाका सयद अजिजले ८० रन बनाए । कप्तान अहमद फैजले ३३ रन जोडे । कतारका लागि इकरामुल्लाह र मोहम्मद नदिमले २-२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय १५ रन जोड्यो । कतारका लागि इमाल लियानेजले ५६ रन तथा खुरम शहजादले ४१ रन बनाए । मलेसियाका रिजवान हैदर र महुम्मद वाफिकले २-२ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया