नेत्रहीन महिला क्रिकेटः भारतमाथि नेपालको शानदार जित

काठमाडौँ- दोस्रो नेपाल-भारत नेत्रहीन महिला टी-ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली नेपालले भारतमाथि शानदार जित हात पारेको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा नेपालले भारतमाथि ८ विकेटको जित हात पारेको हो ।
नेपालले १ सय ७४ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा विनिता पुनले कीर्तिमानी पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरिन् । उनले ५६ बलमा १ सय ११ रन बनाउँदा १७ चौका प्रहार गरिन् । विनिता शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् ।
नेपालका लागि मनकेशरी चौधरीले ३२ रन तथा सरिता घिमिरेले २१ रन जोडे ।
यसअघि भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो । भारतका लागि उपकप्तान गंगावा निलप्पाले सर्वधिक ७२ रन तथा सिमु दासले २६ बनाए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया