नागरिक उड्डयन मन्त्री किराती भन्छन्- गाई भैंसीभन्दा हवाईजहाजको गोठालो गर्न कठिन रहेछ

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुवई विमानमा चरा ठोक्किएको पुष्टि नभएको बताएका छन् । मंगलबार बिहान फेसबुकमार्फत् प्रतिक्रया दिँदै जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको स्पष्ट पारेका हुन् ।
फ्लाइ दुवईले आफ्नो कम्पनीको एफजेड ५७६ विमानमा चरा ठोक्किएको स्पष्टीकरण दिएको थियो । दुवई मिडिया अफिसको ट्वीटर ह्यान्डरमा लेखिएअनुसार काठमाडौंबाट उडान भर्ने क्रममा विमानले ‘बर्ड स्ट्राइक’को सामना गरेको थियो ।
मन्त्री किरातीले नकारात्मक हल्ला गर्ने बानी छोड्न पनि आग्रह गरेका छन् । 'कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ,' उनले भनेका छन्, 'गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ ।'

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

प्रतिक्रिया