अघिल्लो चुनावभन्दा रविले बढाए ४९ सय, कांग्रेस र एमालेले गुमाए ३७ सय मत

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा भन्दा २०८० बैशाख गते भएको उपनिर्वाचनमा लामिछानेले मतान्तर बढाउँदै शानदार जित निकालेका हुन् ।
मंसिर ४ गते भएको निर्वाचनमा रास्वपाका लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए । उपनिर्वाचनमा लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् । अघिल्लो चुनावभन्दा उपनिर्वाचनमा लामिछानेले ४ हजार ९ सय १२ मत बढाएका हुन् ।
त्यसैगरी नेपाली कांग्रेसको चितवन क्षेत्र नम्बर २ मा घटेको छ । अघिल्लो चुनावमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएका थिए । तर उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जीत नारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत पाएका छन् । अघिल्लो चुनावभन्दा उपनिर्वाचनमा कांग्रेसले ३ हजार ७ सय ३२ मत गुमाएको छ । अघिल्लो चुनावमा कांग्रेसलाई सत्तागठबन्धनको साथ थियो भने उपनिर्वाचनमा पनि कांग्रेसलाई सत्तागठबन्धनको साथ रहेको थियो ।
त्यसैगरी मंसिर ४ को चुनावमा भन्दा उपनिर्वाचनमा नेकपा एमालेको पनि मत घटेको छ । मंसिर ४ को चुनावमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत ल्याएका थिए । उपनिर्वाचनमा एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाएका छन् । एमालेले चितवन क्षेत्र नम्बर २ मा ३ हजार ७ सय १२ मत घटेको छ ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया