बागमतीमा एक सातामा दोब्बरले थपिए आइसीयु बेड र भेन्टिलेटर
हेटौंडाः बागमती प्रदेशमा आइसीयु र भेन्टिलेटरको संख्या थपिएका छन् । ६ दिनको अवधिमा प्रदेशमा ५ सय ३७ आइसीयु बेड र २ सय ३९ भेन्टिलेटर थिए । सोमबारसम्म बागमती प्रदेशमा ९५२ आइसीयु बेड, ३९९ भेन्टिलेटर र ७५२ हाइ डिपेन्डेन्सी (एचडीयु) बेड थपिएका छन् ।
यसअघि २१ बैशाखसम्म प्रदेशमा ४ सय १५ आइसीयु बेड र १६० भेन्टिलेटर उपलब्ध थिए । २२ बैशाखमा ३८ आइसीयु बेड र १२० भेन्टिलेटर थपिएसँगै प्रदेशमा ४५३ आइसीयु बेड र २८० भेन्टिलेटर भएका हुन् । २३ बैशाखमा १७७ आइसियू बेड थपिए भने २७ भेन्टिलेटर थपेर ६३० आइसीयु बेड र ३ सय ७ भेन्टिलेटको संख्या कायम गरिएको हो ।
सोमबार प्रदेशमा ३२२ आइसीयु र ९२ भेन्टिलेटर थप भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताए । उनले प्रदेशमा ४७ अस्पतालबाट कोभिडको सेवा दिइरहे पनि सबै अस्पतालमा आइसीयु र भेन्टिलेटर संख्या नबढेको जनाए । यसअघि प्रदेशमा एचडीयु बेडको संख्या खुलाइएको थिएन भने सोमबारबाट एचडीयु बेडको संख्या समेत खुलाइएको छ । अझै आइसीयु र भेन्टिलेटरेको संख्या बढ्ने उनले बताएका छन् ।
अहिले बागमती प्रदेशमा ५० हजार सक्रिय संक्रमित छन् । १ हजार ६१९ जनाको कोभिडका कारण मृत्यु भएको छ । ५६० जना आइसीयुमा, १ सय ९८ जना भेन्टिलेटर, ३ सय ८७ जना एचडीयु बेडमा र ३ हजार ३५१ जना संस्थागत आइसोलेसनमा उपचारत छन् । ४६ हजार ३ सय ८१ जना होम आइसोलेसनमा बसेका छन् ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया