पर्सामा एकै दिन १० संक्रमितको मृत्यु

वीरगञ्ज : पर्सामा पछिल्लो २४ घण्टामा १० जना कोभिड संक्रमितको मृत्यु भएको छ । आइतबार बेलुका ८ बजेदेखि सोमबार बेलुका ८ बजेसम्ममा १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोभिड अस्पतालमा तीन जना, एडभान्स अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा एक एक जना गरी १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकरी पिताम्बर घिमिरेले जानकारी दिए ।
नारायणी अस्पतालमा मात्रै सोमबार पर्साका ३ र बाराका २ जना गरी ५ जनाको मृत्यु भएको जानकारी अस्पतालका मेसु डा. संजय ठाकुरले जानकारी दिएका छन । नारायण अस्पतालमा वीरगञ्ज महानगरपालिका–१० कि ६९ वर्षीया महिला, वीरगञ्ज–४ कि ४० वर्षीया महिला र पर्साको बहुदरमाई नगरपालिका–२ सिसयारी बैरियाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै नारायणी अस्पतालमै बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १४ बेहरी बस्ने ७० वर्षीय पुरुष, बाराको निजगढ नगरपालिका– ७ निजगढ टोल बस्ने ६० वर्षीय पुरुषको पनि मृत्यु भएको जनाइएको छ ।
यस्तै नेशनल मेडिकलको कोभिड अस्पतालमा बाराका एक जना र पर्साका दुई जना गरी तीन जनाको मृत्यु भएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेशनल मेडिकलमा मृत्यु हुनेहरुमा वीरगञ्ज– २ छपकैयाका ६५ वर्षीय पुरुष, वीरगञ्ज– १३ मुर्लीका ६५ वर्षीय पुरुष र बाराको कलैया उपमहानगरपालिका ५ का ५२ वर्षीय पुरुष रहेका छन् ।
वीरगञ्ज हेल्थ केयर अस्पतालका वीरगञ्ज १० आदर्शनगरकी ६० वर्षीया महिला र वीरगञ्जको एडभान्स अस्पतालमा पर्साको धोविनी गाउँपालिकाकी ७० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया