कविडाँडाको वार्षिकोत्सवमा ४ जना स्रस्टा पुरस्कृत हुँदै

भरतपुर । कविडाँडा साहित्य समाज चितवनले विभिन्न पुरस्कारहरू सार्वजनिक गरेको छ । समाजका कार्यबाहक अध्यक्ष उदय अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले पुरस्कारहरू सार्वजनिक गरेको हो ।
स्रस्टाहरू मनु मञ्जिल, सरस्वती रिजाल, सीताराम कोइराला र विनोदबाबु रिजाललाई पुरस्कृत गर्न लागिएको हो । कविडाँडा साहित्य समाजको २० औँ वार्षिकोत्सवका अवसरमा स्रस्टाहरूलाई पुरस्कृत हुनेछन् । कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार २०८० कवि मनु मञ्जिललाई दिइने भएको छ । इटहरी निवासी मञ्जिल कविता लेखनमा सक्रिय छन् । उनका `आँधीको आवेग´ र `ल्याम्पपोस्टबाट खसेको जून´ कवितासङ्ग्रह प्रकाशित छन् ।
कविडाँडा देवखीना स्मृति पुरस्कार २०८० साहित्यकार सरस्वती रिजाललाई दिइने भएको छ । कथा लेखनमा सक्रिय रिजालको `प्रसङ्ग भ्रम र पात्रहरू´ कथासङ्ग्रह, `एक झुल्को घाम´ र `प्रबोधन´ कवितासङ्ग्रहलगायतका कृति प्रकाशित छन् ।
कविडाँडा वाङमयी युवा प्रतिभा पुरस्कार २०८० लेखक / पत्रकार विनोदबाबु रिजाललाई दिइने भएको छ । कायाकैरन दैनिक र कायाकैरन डटकमका सम्पादक रिजालको `एकान्तवास´ पुस्तक प्रकाशित छ ।
कविडाँडा अविनाशी कृति पुरस्कार २०८० सीताराम कोइरालाको कथासङ्ग्रह `जेम्स बौलाएको दिन´ लाई दिइने भएको छ । कोइरालाका आधादर्जन कृति प्रकाशित छन् ।
यी सबै पुरस्कार तथा सम्मान आगामी जेठ ६ गते शनिबार भरतपुरमा कार्यक्रमको आयोजना गरि प्रदान गरिने कविडाँडाका सचिव गणेश श्रमणले जानकारी दिए ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया