गण्डकी प्रदेश सरकार गठनमा ढिलाई, कांग्रेसका सांसदहरु काठमाडौं हिंडे

पोखरा - गण्डकी प्रदेशमा नेकपा एमालेको खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि शनिबार ढल्यो । गण्डकीमा चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि खगराज अधिकारी अल्पमतमा परेका थिए । उनले वैशाख ९ गते शनिबार विश्वासको मत प्राप्त गर्न सकेनन् । सरकारले विश्वासको मतका लागि ९ गते नै संसद अधिवेशन डाकेको थियो । जसमा अधिकारीको पक्षमा २४ मत पर्दा उनको विपक्षमा ३५ मत परेको थियो ।
अधिकारी सरकार ढलेको २ दिन बित्दासम्म पनि गण्डकीले नयाँ मुख्यमन्त्री पाएको छैन् । माओवादी केन्द्र र नेपाली कांग्रेसमध्ये कुन पार्टीको मुख्यमन्त्री बन्ने भन्ने किचलोले नयाँ गठन हुने सुुरसार देखिएको छैन । राजनीतिक परिदृश्य जे पनि हुने भन्दै माओवादीले गण्डकीमा पहिलो मुख्यमन्त्री पाउने दाबी गरिरहेको छ । केन्द्रमा पनि सोही बारेमा चर्चा चलिरहेको छ । अघिल्लो १ वर्षकै लागि भए पनि मुख्यमन्त्री पाउनुपर्ने माओवादीको अडान छ । यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि छलफल भइसकेको छ ।
गण्डकी प्रदेश सभामा ८ सिट मात्र भएको माओवादीलाई कुनै पनि हालतमा मुख्यमन्त्री दिन नहुने भन्दै दबाब दिन कांग्रेसका सांसदहरु काठमाडौं हिँडेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे भने आइतबार साँझ नै काठमाडौं पुगिसकेका छन् । गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । सोमबार बिहानै अन्य सांसदहरु पनि गाडीबाट काठमाडौं हिँडेका हुन् । एक सांसदले गण्डकीमा मुख्यमन्त्री सुरुमा माओवादीलाई नै दिने संकेत पाएपछि काठामाडौं हिँडेको बताए । ‘माओवादीलाई कुनै पनि हालतमा दिन हुन्न भनेर सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन हामी हिँडेका हौं,’ उनले भने ।
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

प्रतिक्रिया