सुदूरपश्चिममा १० दिनमा १३५ संक्रमितको मृत्यु
धनगढी : सुदूरपश्चिम प्रदेशमा अक्सिजन र भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ । अस्पतालहरुमा अक्सिजनको चरम अभाव र पर्याप्त भेन्टिलेटर नहुदा कोभिड संक्रमितको ज्यान जाने क्रम बढेको हो । प्रदेशमा १० दिनको अवधिमा एक सय ३५ जना संक्रमितको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
निर्देशनालयका अनुसार बैशाख १८ गते १० जना, १९ गते १२ जना, २० गते १४ जना र २१ गते ८ जना कोभिड संक्रमितको मृत्यु भएको हो । यस्तै बैशाख २२ गते ११ जना, २३ गते १७ र २४ गते १३ जनाको कोभिडका कारण मृत्यु भएको हो ।
यस्तै २५ गते १५, २६ गते १८ र २७ गते १७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पताल र प्रदेशमा रहेको एउटा मात्र अक्सिजन उद्योगले क्षमताको आधा मात्र अक्सिजन उत्पादन गर्न सकेका छन् ।
स्थानीय प्रशासनको आग्रहपछि नेपालगन्जबाट हुने आयातमा पनि भारी कटौती भएपछि सुदूरपश्चिममा अक्सिजनको हाहाकार छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्य अस्पतालहरुमा पनि अक्सिजन प्लान्ट जडानका लागि रकम विनियोजन गरेको जनाएको छ । तर अस्पतालहरुले जडानको प्रक्रियासमेत सुरु गरेका छैनन् ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया