तनहुँ-१ को पछिल्लो मत परिणाम : वाग्लेभन्दा भट्टराई ५ हजार बढी मतले पछाडि

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
वाग्लेले १२७०५ मत ल्याएका छन् ।
त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई रहेका छन् । भट्टराईले ७६४६ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । उनले ४२१९ मत पाएका छन् ।
मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रेम बहादुर थापाले ९९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ४४ मत पाएकी छन् । नागरिक उन्मुक्ति पार्टीका भिम बहादुर सुनार १८ मत पाएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले १३ मत पाएका छन् ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया