बारा र चितवनको मतगणनास्थलमा तारजाली लगाइयो

काठमाडौँ- चितवन–२ र बारा–२ को मतगणना तारजालीभित्र गरिने भएको छ । मतदानको क्रममा विवाद देखा परेका बारा–२ र चितवन–२ को मतगणनास्थलमा तारजालीभित्र गर्न लागिएको हो ।
आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणनास्थलमा तारजाली लगाएको छ । बाराकाे मतगणनास्थलमा बाँसले घेरेर तारजाली लगाइएकाे छ भने चितवनमा फलामे घेराबन्दी गरिएकाे छ ।
बारा–२ मा जनता समाजवादी पार्टी नेपालले धाँदली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङघन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलिय बैठक अस्वीकार गरेको थियो ।
दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थिति पछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तारजाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया