दर्शकको मागपछि तीन दिन थपियो ‘एउटा सपनाको अवसान’ मञ्चन

काठमाडौँ - दर्शकको मागपछि अनुप बराल निर्देशित नाटक ‘एउटा सपनाको अवसान’को मञ्चन अवधि तीन दिन लम्बिएको छ । निर्माता गोविन्द पराजुलीले धेरै दर्शकले नाटक हेर्न नपाएको गुनासो गरेपछि तीन दिन थप्ने निर्णय गरेको जानकारी गराए ।
‘पछिल्ला दिनमा दर्शकहरू टिकट नपाएर फर्किएको देखेपछि तीन दिनलाई थप्ने निर्णय गरेका छौँ । त्यसैले सोमबारको बिदामा पनि नाटक मञ्चन गर्ने निर्णय गरेका छौँ । आशा छ यो तीन दिनमा हेर्न चाहाने सबैले नाटक हेर्न पाउनुहुनेछ,’ निर्माता गोविन्द पराजुलीले भने । गोविन्दले अन्तिम दिन अर्थात् बुधबार १ बजे र ५ बजे गरी दुई सो मञ्चन हुने र योसँगै नाटक मञ्चनले बिट मार्ने जानकारी गराए ।
नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ । ‘द डेथ अफ सेल्सम्यान’ को नेपाली अनुवादमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, उत्पल झा, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । नाटक चैत १० गतेदेखि सुरु भएको थियो ।नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन् ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया