आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

सुविधा माग गर्दै नगरपालिकाका कर्मचारी धर्नामा

कैलाली । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू सेवा सुविधा नपाएको भन्दै धर्नामा बसेका छन्। स्थायी स्वास्थ्यकर्मीहरूले तलब भत्ता पाउनुपर्ने माग राख्दै आइतबारदेखि स्वास्थ्यकर्मी अनिश्चितकालीन धर्नामा बसेका हुन्।

स्थायी स्वास्थ्यकर्मी सङ्घर्ष समिति भजनीले अन्य कर्मचारी सरह स्वास्थ्यका कर्मचारीहरूलाई पनि इन्धन लगायत प्रोत्साहन भत्ता, आगामी आर्थिक वर्षको तलब भत्ताको अग्रिम व्यवस्था गर्नुपर्ने, समायोजन र समायोजन मिलान भई आएका स्वास्थ्यकर्मीहरूलाई हाल कामकाज गरिरहेकै स्थानमा पदस्थापन गर्नुपर्ने लगायत माग अघि सारेर धर्नामा बसेका हुन् ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले माघदेखि तलब भत्ता नपाएको बताउँदै विरोध स्वरूप नगरपालिकालाई चैत ४ गते ज्ञापनपत्र बुझाएको बताए। उनले अहिलेसम्म पनि नगरपालिकाले सेवा सुविधाबारे कुनै जानकारी नै नदिएको बताए । हाल भजनीमा ४० जना स्वास्थ्यकर्मी कार्यरत छन्।

उता, भजनी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् प्रवक्ता बिक्रम चौधरीले स्थायी कर्मचारीलाई नेपाल सरकारबाट पाउने सेवा सुविधा नपठाएका कारण तलब भत्ता दिन नसकिएको बताए ।