शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

चर्को गर्मीमा पनि उत्साहित मतदाता (तस्बिरहरू)

काठमाडौँ - उपनिर्वाचन भइरहेका तीन जिल्लामा अहिले मतदान जारी छ । बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन भइरहेको छ । 

गत संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो । यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

वैशाखको चर्को गर्मीमा पनि मतदाताहरू उत्साहित भएर मतदानमा सहभागी भइरहेका छन् । 

मतपत्र एउटा मात्रै, सानो र मतसंकेत पनि एउटा मात्रै गर्नुपर्ने भएकोले छिटोछरितो मतदान कार्यक्रम भैरहेको चितवन जिल्लाका मुख्य निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए ।

चितवन निर्वाचन क्षेत्र नम्बर -२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । जहाँ मंसिर ४ मा निर्वाचन हुँदा भन्दा ४८० मतदाता थपिएका छन् ।

 

तस्बिर : लेखराम सापकोटा