जनताको माग र आवश्यकताका आधारमा काम गर्छु : मुख्यमन्त्री शाह

दार्चुला- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताका आधारमा काम गर्ने बताएका छन् । दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकाको सभा हलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीहरूसँग गरिएको संयुक्त अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले यस्ताे बताएका हुन् ।
'विगतमा भएका कमीकमजोरीहरूलाई सच्याएर प्रकृयागत ढंगले योजना तथा बजेट विनियोजन गरिने र जन्ताको पूर्ण निगरानीमा काम गर्ने उनकाे भनाइ छ ।
स्थानीय टोल, वडा, पालिका हुँदै जिल्ला समन्वय समितिबाट सिफारिस भइ आएका योजनाहरूलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गरिन्छ । मैले सबै जिल्लाको वस्तुस्थिति बुझेर बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छु,' उनले भने ।
उनले प्रक्रिया मिचेर आएका योजनाहरू कार्यान्वयनमा नल्याउने बताए । सोर्स फोर्सका आधारमा नभइ प्राथमिकताका आधारमा काम गर्ने गरिने उनकाे भनाइ छ ।
कार्यक्रमका अधिकांश सहभागीले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन (प्रिपेड) दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए ।
मुख्यमन्त्री शाहसँगै दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य बिक्रमसिंह धामी, लक्ष्मी बिक, प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेब बिष्ट लगायतकाे टाेली दार्चुला आइपुगेका छन् । उक्त टाेलीले आजै गौरवको आयोजना दार्चुला टिङ्कर सडक र महाकाली तटबन्धको निरीक्षण समेत गरेको छ । भोलि बिहान महेन्द्र नमुना विद्यालय निरीक्षण तथा अनुगमन हुने प्रदेश सभा सदस्य बिक्रम सिंह धामीले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया