बहराइनलाई हराउँदै कुवेतले दर्ता गर्यो पहिलो जित

काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत कुवेतले पहिलो जित हात पारेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा बहराइनलाई २ विकेटले पराजित गर्दै कुवेतले दुई खेलमा पहिलो जित हात पारेको हो ।
जितका लागि २ सय ५६ रनको लक्ष्य कुवेतले ४४ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । कुवेतका लागि अदनान इदरिसले ५६ रन, मित भवसारले ५४ रन तथा यासिन पटेलले ६३ रन बनाए । बहराइनका अब्दुल मजिदले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५५ रनको योगफल तयार पार्यो । उसका लागि फियाज अहमदले ४८ रन तथा जुनैद अजिजले ३६ रन बनाए । कुवेतका मोहम्मद असलमले सर्वाधिक ४ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया