एसीसी प्रिमियर कपः वाहिदको शतकमा साउदी अरेवियाको पहिलो जित

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेवियाले पहिलो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा साउदी अरेवियाले कतारलाई ७ विकेटले पराजित गरेको हो । साउदी अरेवियाको यो दुई खेलमा पहिलो जित हो भने कतारले दुबै खेल हारेको छ ।
जितका लागि चाहिएको २ सय १७ रनको लक्ष्य साउदी अरेवियाले ३४ ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । साउदी अरेवियालाई जित दिलाउन अब्दुल वाहिदले १ सय ८ बलमा १ सय २४ रन जोडे । उनले २१ चौका र १ छक्का हिर्काए । वकार उल हसनले ५५ रन बनाए । कतारका लागि इकरामुल्लाह खानले २ तथा खुराम शहजादले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय १६ रन जोड्यो । कतारका लागि मुहम्मद तनविरले ४६ रन तथा कमरान खानले ३६ रन बनाए । साउदी अरेवियाका लागि इश्तियाक अहमदले सर्वाधिक ४ तथा अतिफ-उर-रहमान, जैन उल अविदिन र अहमद बलादराफले २-२ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया