‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा

काठमाडौँ- यही शैक्षिक सत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन् । कक्षा सञ्चालन सुरु भएसँगै प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम लागू गर्ने कामपाको भनाइ छ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ ।
कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ । यसअघि केही विद्यालयले शुक्रबार १ बजे पछि मात्रै केही अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए । यसलाई पूरा दिन र सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यक्रम गर्न लागिएको हो । विद्यार्थी भाइबहिनीका लागि जीवनोपयोगी, जिन्दगी पढ्ने शिक्षा दिन खोजिएको महानगरले बताएको छ ।
अब हरेक शुक्रबार १० देखि ४ बजेसम्म नै अतिरिक्त कार्यक्रम सञ्चालन हुन्छ । सुरुआती चरणमा सामुदायिक विद्यालयमा मात्रै कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने कामपाको तयारी छ । कार्यक्रम सञ्चालन गर्न कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको छ । 'आगामी वर्ष बढाएर कम्तीमा रु दुई लाख बचाउने तयारी छ,' प्रमुख सुवेदीले भने ।
आज ‘हाफटाइम’ अघि सम्बन्धित कक्षामा अध्ययन गराइने सम्बन्धित किताबसँग आधारीत रहेर अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दै रमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रमुख सुवेदीले भने, 'क्रियाकलाप थप महत्वपूर्ण हुन्छ जुन सीपसँग सम्बन्धित छन् जहाँ खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका भाषण गर्ने कलासहित अन्य व्यावहारिक ज्ञानका विषय यसमा समावेश गरिन्छ ।' कार्यतालिका बनाएर शुक्रबार नै खेतबारीको स्थलगत अवलोकन पनि गराइनेछ । उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सञ्चालन गरिन्छ ।
कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

प्रतिक्रिया