गोरखा कांग्रेसले पार्टी कार्यालयलाई आइसोलेशन सेन्टर बनाउन दिने

काठमाडौँ : कोभिड १९ को संक्रमण दर उच्च भएसँगै उपचारको लागि अस्पतालहरुमा बेड अभाव भइरहेको छ । उपचारका लागि बेड नपाएकै कारण धेरैले ज्यान गुमाइरहेका छन् । यस्तै संकटमा जनतालाई साथ दिन भन्दै नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालयको सभाहललाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ । गोरखा कांग्रेस सचिव नन्दप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरेर जनताको जीवन रक्षा गर्नु नै राजनीतिक पार्टीको प्रमुख दायित्व भएको बताएका छन् ।
‘हाल जिल्लामा कोरोना भाइरस संक्रमित बिरामीहरुलाई राख्ने आइसोलेशनसहितको बेडहरु बनाउने ठाउको अभाव रहेको छ भन्ने सुन्दा दुख लागेको छ,’ कांग्रेस सचिव न्यौपानेले जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नागरिकको जीवन रक्षाको लागि नेपाली कांग्रेसको पार्टी कार्यालयमा रहेको विपी गणेशमान मेमोरियल सभाहल(२ वटा) लाई आइसोलेशन केन्द्र निर्माण गरी संक्रमित बिरामीहरुको औषधि उपचार गर्न उक्त सभाहलहरु प्रयोग गर्ने गरी जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र गोरखालाई आवश्यक स्वास्थ्य सुरक्षाको प्रबन्ध गरी आइसोलेशन केन्द्र सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी गराइन्छ ।’
गोरखा उद्योग वाणिज्य संघ गोरखाले आफ्नो भवनलाई कोभिड संक्रमितको उपचार गराउन नदिएपछि नेपाली कांग्रेसले पार्टी कार्यालयको सभाहललाई आइसोलेशन बनाउन दिने निर्णय गरेको हो ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया