त्रिविले सार्यो १० गतेको परीक्षा, अब वैशाख १६ मा हुने

काठमाडौँ- आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपनिर्वाचनको दिन हुन गइरहेको परीक्षा एक सातापछि सारेको हो ।
गत वैशाख ४ गतेदेखि सुरु भएको स्नातक तह पहिलो वर्षको परीक्षा अन्तर्गत वैशाख १० गते मानविकी र व्यवस्थापन संकायका परीक्षा सञ्चालन हुनेमा सो दिनको परीक्षा नहुने भएकाे हाे ।
निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुने कार्यालयले जनाएकाे छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया