पैसा नतिर्ने भेरिफाइड ट्वीटर एकाउन्टको ब्लू टिक हट्यो

काठमाडौँ- बिहीबार मध्यरातिदेखि लागू हुने गरी ट्वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ ।
कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्वीटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लू टिक बिहीबार मध्यरातीबाट हटेको हो । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्वीटर एकाउन्टबाट ब्लू टिक हटेको छ ।
मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए, उनले ब्लू टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।
ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरूको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्वीटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टबाट ब्लू टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।
नेपालमा पनि निःशुल्क रुपमा ब्लू टिक पाउने हजारौं थिए, तर बिहीबार रातीबाट पनि सबैजसोको हटेको छ ।
नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया