कर्णालीमा हालसम्म ९० जना कोभिड-१९ संक्रमितको ज्यान गयो

सुर्खेत : कोभिड–१९ संक्रमणको कारण कर्णालीमा हालसम्म ९० जनाको ज्यान गएको छ । जसमध्ये दोस्रो लहर सुरु भएपछि मात्र ५७ जनाको मृत्यु भएको छ । पहिलो चरणमा प्रदेशमा ३३ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेहरूमा अधिकांश दीर्घ रोगी र मदिरा सेवन गर्ने रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
सबैभन्दा बढी बैशाख १७ गते एकैदिनमा गर्भवती महिलासहित नौ जनाको ज्यान गएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकाअनुसार हिजो मात्र एकैदिनमा ८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २८३ जना संक्रमित थपिएका छन् भने २१० जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल सम्म एक लाख दुई हजार नौ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार परीक्षण गरिएकामध्ये १० हजार ६ सय ३३ जनालाई संक्रमण भएको छ । कर्णालीका चार स्थानबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया