धरानका मेयर साम्पाङको वडाध्यक्ष र कार्यपालिका सदस्यलाई राजीनामा दिन निर्देशन

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यपालिका बैठक बहिष्कार गर्ने वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई राजीनामा दिन निर्देशन दिएका छन् । बिहीबार विज्ञप्ति जारी गरी उनले कर्तव्य पूरा नगरेका र काम गर्न असक्षम भएको घोषणा गर्दै राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।
‘कार्यपालिका बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा राजीनामा दिएर बाटो प्रशस्त बनाइ आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
कार्यपालिकामा रहने सबैका लागि बैठकमा बस्नुपर्ने कर्तव्य रहेको मेयर साम्पाङले स्मरण गराएका छन् । कसैको अधिकार, रहर या चाहनाको कुरा नभइ बाध्यकारी नीति भएको उनले प्रस्ट पारेका छन् । ‘कसैले म बैठक बस्दिन भन्न पाइदैन,’ उनले अगाडि थपे,’ यो बाध्यकारी कर्तव्य रहेको बोध गराउन चाहन्छु ।‘
कार्यपालिकाको बैठकमा नगर अध्यक्षको बैठकको अवज्ञा गर्नु विधिको उल्लघंन गरिरहेको बताए । बैठकमा के एजेण्डामा बोल्ने कसले कति समयसम्म बोल्ने त्यसको समय निर्धारण अध्यक्ष गर्ने पनि उनले बताए।
‘कार्यविधिको दफाको उपदफा ३ र ४ मा दिइएको अधिकार प्रयोग गरि धेरै नबोल्नु समय सकियो भन्दा ‘बोल्छु के गर्छस’ भन्दै उफ्रने सदस्यलाई स्पष्टीकरण माग्नुपर्ने देखिन्छ,’ उनले विज्ञप्तिमा भनेका छन्,’ ‘देश र जनताको सेवा गर्छु । आफ्नो कर्तव्य पूरा गर्छु । कुनै पार्टी, जाती, धर्म, वर्ग र क्षेत्रभन्दा उठेर काम गर्छु ।‘ भनी खाएको सपथ बिर्सेर पार्टीको व्हीपलाई जनताको हितभन्दा ठूलो मान्ने र जनताको विकासका कामहरू गर्न गराउन निर्णय गर्नुपर्ने महत्त्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरू प्रति खेद प्रकट गर्दछु ।‘
त्यसैगरी, आफ्नो वडामा भएको प्रगति विवरण पेश गर्न वडा अध्यक्षलाई निर्देशन दिएका छन् । संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेकाले वडामा के-कस्ता काम भए त्यसको विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
उनले अध्यक्षलाई लक्षित गरी वडामा के कस्ता योजना तथा कार्यहरू सम्पन्न भए त्यसको विवरण माग्दा कुनै असहमति राख्नुपर्ने कारण नभएको प्रस्ट पारेका छन् ।

मदिरा सेवन गर्दा दुई जनाको मृत्यु

बाजुरा दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

पाल्पामा १७ जनाले लिए गैरआवासीय नागरिकता

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

सिंहको आँटेको काम बन्ने, तुलाको रोकिएका अधुरा काम पूरा हुने

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

प्रतिक्रिया