पूजामाथि आँचलका दुई तीर : पहिला फिल्म अस्वीकार, अहिले नामै लिन इन्कार

काठमाडौँ - मिडियामा समकक्षी अभिनेत्रीको बारेमा टिप्पणी गर्ने पूजा शर्मालाई अहिले यही आदत भारी परेको छ । कहिले साम्राज्ञीराज्य लक्ष्मी शाह त कहिले सुष्मा कार्की, कहिले आँचल त कहिले कसको बारेमा कुरा गर्ने पूजालाई आँचलले भने व्यवहारले जवाफ दिएकी छिन् । पहिला पहिला पूजाले छाडेका गसिपको जवाफ दिँदै समय व्यतित गरिरहेकी आँचलले पछिल्लो समय भने पूजाको नामै लिन इन्कार गर्न थालेकी छिन् ।
यत्रो वर्षसम्म खेदो गरेपछि पूजा शर्मा आँचललाई लिएर फिल्म खेल्ने ताकमा थिइन् । कुरा अगाडि पनि बढेको थियो । तर आँचलले त्यो फिल्म खेल्न इन्कार गरेको कुरा पुरानो भइसकेको छ । पूजा स्वयंले बुधबार आफ्नो र रेखा थापाको फोटो राख्दै अर्की अभिनेत्री कुन ? आसयको पोस्ट राखेपछि फिल्मबाट आँचल बाहिरिएको खबर आफैँले दिएकी छिन् । जबकि यो फिल्ममा रेखा र पूजासँगै आँचलले खेल्ने कन्फर्म गरेको समाचार आएका थिए ।
तर आँचलले फिल्म गर्ने त परको कुरा रेखाले स्क्रिप्ट माग्दा स्क्रिप्टसमेत नदिएको बयान दिएकी थिइन् । यसले आँचलले फिल्म खेल्न लागेको कुरा पनि रेखा र पूजाले हचुवामा सार्वजनिक गरेको प्रमाणित भएको थियो । बुधबार पूजा आफैँले अर्की अभिनेत्रीको खोजी गरेपछि दुवै आँचललाई लिने मनस्थितिमा नरहेको पुष्टि भएको छ । र आँचलले यो फिल्म गर्न इन्कार गर्नुमा पूजा नै मुख्य कारण रहेको अनुमान गर्न गाह्रो पर्दैन ।
अर्को चाहिँ आँचलले पछिल्लो समय पूजासँग जोडेर आउने प्रश्नलाई ठाडै इन्कार गर्ने गरेकी छिन् । उनले पूजाको नाम लिएर प्रश्न आउने बित्तिकै उनले प्रश्न टार्ने र अरु नै कुरा गरौँ भन्दै विषयान्तर गर्ने गरेकी छिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया