प्रदेश प्रमुखलाई बुझायो महालेखाले प्रतिवेदन

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ ।
कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई बुझाएका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले प्राप्त प्रतिवेदनले वित्तीय सुशासन कायम गर्न प्रभावकारी भूमिकाका लागि सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
समयमै प्रतिवेदन पेश गरेकोमा खुसी व्यक्त गर्दै प्रमुख शर्माले सरकारी कार्यालयमा बढ्दो बेरुजु घटाउन विधि अनुसार चल्न, सही समयमा कार्य सम्पादन गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव पनि दिए ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया