‘अमेरिकन आइडलमा’ टप ७ मै टुंगियो आर्थर गनको यात्रा

काठमाडौं : आर्थर गन अर्थात् दिबेश पोखरेलको अमेरिकन आइडलको यात्रा टप ७ बाट टुंगिएको छ । सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजाबाट उनी टप ५ मा ठाउँ बनाउन असफल भए ।
‘कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका आर्थरले डिज्ने थिममा ‘कोको’ फिल्मको ‘रिमेम्बर मी’ गाएर टप ७ मा छिरेका थिए । तर, आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले गाएको गीतले उनको फ्यान रिझिएनन् । दुई जना एलिमिनेट हुनु पर्नेमा आर्थर गन एक रहे ।
अघिल्लो सिजनमा रनर अप बनेका उनलाई अझसम्म पनि कुनै रेकर्ड लेबलले पत्याएका थिएनन् । महामारीका कारण पर्याप्त स्टेज पनि नपाएको भन्दै अमेरिकन आइडल आयोजकले उनलाई यो संस्करणमा प्रतिस्पर्धा गर्ने मौका दिएका थिए ।
यसरी दोस्रो मौका पाएका ८ जनालाई भोटिङमा उछिन्दै उनले टप १० मा ठाउँ बनाएका थिए । आइडलका अनुसार यो चरणमा उनले सबैभन्दा ज्यादा भोट पाएका थिए । नेपालमा दुई एल्बम र केही एकल गीत निकालेर अमेरिका पुगेका आर्थर गतसालको अमेरिकन आइडलको उपविजेता बनेका थिए । गत साल जस्ट सामले १८ औं संस्करणको अमेरिकन आइडलको उपाधि जितेकी थिइन् ।
आर्थर यो संस्करणमा छिरे पछि आइडल केही विवादमा आएको थियो । अघिल्लो साल नै मौका पाइसकेको मान्छे फेरि आउँदा नयाँ प्रतियोगीमाथि अन्याय हुने धेरैको धारणा थियो । यसका बावजुद आर्थरलाई यो सिजनको विजेता बन्ने अपेक्षा गरेका थिए ।
किनकि आइडलको चयन भोटिङका आधारमा हुने र आर्थरका लोयन फ्यानको संख्या प्रशस्त रहेकोले उनलाई जित्न नयाँ सिजनका प्रतियोगीलाई गाह्रो हुन अनुमान थियो । तर, आर्थरलाई फ्यानले टप ७ बाटै फालिदिएका छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया