आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

अन्नपूर्ण हिमालकाे सफल आराेहण

फाइल तस्बिर

काठमाडौँ-  म्याग्दीस्थित अन्नपूर्ण हिमालमा सफल आराेहण गरिएकाे छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा क्याप्टेन सुमन पाण्डे, प्यूथमानसिंह चौधरी, सेप नवराज राणा, सेप ज्ञानेन्द्र डाँगी, शेर्पा सरदार छिरिङ जाङ्बु शेर्पासहित केही सहयाेगीहरूले सफल आराेहण गरेका हुन् ।

आरोहणलाई सीपी III का टिम लिडर तथा सगरमाथा आरोहण क्याप्टेन भीमबहादुर भुजेल र आरोहण प्रबन्धक मेनेजर गजेन्द्र देउवाले सहयोग गरेका छन् ।