युएइद्वारा बुधबारबाट नेपाली नागरिकलाई प्रवेशमा रोक

काठमाडौं : युनाइटेड अरब इमिरेट्सले नेपाललगायत दक्षिण एशियाली मुलुकहरूलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको छ । बुधबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाउने निर्णय भएको हो ।
अरबको राष्ट्रिय आपतकालीन संकट तथा प्रकोप व्यवस्थापनसम्बन्धी प्रधिकरणले आफ्नो वेबसाइटमार्फत प्रवेशमा रोक लगाएको जानकारी दिएको छ । उसले बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकलाई समेत प्रवेशमा रोक लगाएको छ ।
कोभिड-१९ को कारण देखाउँदै मुलुकले यस्तो निर्णय गरेको बताएको छ । यद्यपि युएइबाट चार मुलुकतर्फको उडान भने सुचारु राखिने उसले बताएको छ । पछिल्लो महिनामा मात्रै युएइले भारतको उडानमाथि प्रतिबन्ध लगाएको थियो ।

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

प्रतिक्रिया