'राष्ट्रियसभालाई सरकारले संघीय संसद्का रूपमा स्वीकार गर्न सकेन'

काठमाडौँ- राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसद्का रूपमा स्वीकार्न नसकेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रतिनिधि र राष्ट्रिय सभाको महत्व बराबर भए पनि सरकारले त्यसलाई स्वीकार्न नसकेको बताए । उनले सरकारले पनि संघीय संसद् भनेको राष्ट्रिय सभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसद्को एउटा पार्ट हो र राष्ट्रिय सभा बिनासंघीय संसद् हुन सक्दैन भन्ने कुरा मान्न नसकेको बताए ।
देवले प्रतिनिधि सभाभन्दा कुनै पनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे । उनले सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए ।
राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरुले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया