दुधको पैसा लिन बिहानैदेखि धर्ना

बुटवल - पशुपालक किसानहरूको दैनिकी कस्तो होला ? सहजै अनुमान लगाउन सक्छौँ, बिहानदेखि बेलुकासम्म पशुचौपायलाई खाना/पानी खुवाउने, सरसफाई गर्ने आदि होला । त्यसवाहेक दुध बिक्री गर्न बजारसम्म जाने पनि उनीहरूको दैनिकी होला ।
तर रुपन्देहीको सालझण्डी आसपासकाका पशुपालक किसानहरूको दैनिकी भने फरक छ । उनीहरू बिहानै उठेर घास दाउराको साटो धर्ना बस्न पुग्छन् । महिनौदेखि दूघ बिक्री गरेका पसल र सहकारीहरूमा पैसा असुलीका लागि धर्ना बस्ने उनीहरूको दैनिकी छ । पशु चौपायलाई खुवाउने घास र दाना खोज्न छोडेर उनीहरू धर्ना बस्न पसल पसल पुग्छन् । लामो समयदेखि दिएको दुधको वक्यौता व्यापारीहरूले नदिएपछि उनीहरू धर्नामा बस्न थालेका हुन् । सबैतिर हारगुहार गर्दा पनि केही सीप नलागेपछि उनीहरू दुधको पैसा उठाउन बुटवल बजारमा भौतारिररहेका छन् ।
झण्डै एक वर्षदेखि खुरुखुरु उधारो दुध दिएका खेममणि शर्माले आफ्नो पैसा माग्दा आज भिकारी जस्तो भएको बताए । उनले भने, 'सहकारीमार्फत् दुध बिक्री गरेपछि कसैले ठग्दैन भनेर दिइयो । अहिले आएर आफ्नै पैसा पाउन भिकारीले जस्तो पसल पसल पुगेर हात थाप्नु परेको छ ।'
साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई किसानहरूले दुध दिने गरेका थिए । सहकारीमार्फत् बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले खरिद गरे । तर अहिले आएर ती दुवै डेरीले किसानको रकम तिर्न आनाकानी गरेका छन् । रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरू रकम नपाएपछि दुवै पसल अगाडि धर्ना दिएका हुन् ।
‘पटक पटक पैसाको माग गरे पनि कस्तुरी र पाठकले पैसा तिर्न आनाकानी गरेपछि धर्ना दिन बाध्य भएका हौ’ सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले भने । उनका अनुसार कस्तूरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले कुल २५ लाख ३० हजार ४ सय रकम किसानको दिन बाँकी छ ।
कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बाँकी रहेको उनले बताए । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउँदै आएकाले अनिश्चितकालीन धर्नामा उन्रिनुपरेको उनको भनाइ छ ।
उनले आफूहरूको मात्र सुनुवाइ नभएपछि किसानहरूलाई नै लिएर घर्नामा बस्नु परेको सुनाए । यो विषयमा प्रतिक्रिया लिन खोज्दा डेरी संचालकहरूसँग सम्पर्क हुन सकेन ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया