रघुजी पन्तले सुनाए संसद्मा प्रधानमन्त्री हराएको सूचना

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले संसद्मा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद पन्तले पछिल्लो पटक संसद्मा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउँदै कटाक्ष गरेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अन्तिम पटक बालुवाटारको छेउछाउ देखिएकाले संसद्मा बुझाउन समेत आग्रह गरे ।
त्यस्तै बैठकमा एमाले सांसद ठाकुर गैरेले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरे । उनले के र कुन कारणले व्यवस्थामा संकट परेको हो भन्ने विषयमा संसद्मा नै प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने धारणा राखे । गैरेले सबै चुनौती सामना गर्न संसद् तयार हुनुपर्ने बताए ।
त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले जनतामा भ्रम सिर्जना भएको बताए । उनले आफ्नो असक्षमतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्रीले झुटा तर्क गरिरहेको जिकिर गरे ।
प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७७ र भ्रष्टचार निवारण पहिलो संशोधन विधेयक २०७७ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको थियो भने राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक वैशाख ५ गते बोलाइएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया