निश्चल र रचनाको स्वरमा ‘एक्का बादशाह’

काठमाडौँ- गायक निश्चल नेपाल र गायिका रचना रिमालको स्वरमा ‘एक्का बादशाह’ बोलको गीत काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ । नविन कार्कीको संगीत रहेको गीतमा डीपी खनालको शब्द छ । रचनासँगै गायक निश्चलले गीतमा गज्जबको स्वर भरेका छन् ।
रोमान्टिक यो गीतलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकल स्टेप अप एन्ड आट्र्स एकेडेमीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अनु शाह, म्याक्स नेपाल, उषा उप्रेति र रमेश विश्वकर्माले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।
कार्यक्रममा बोल्दै निर्देशक चन्दले यो गीतमा युवा युवतीले एक अर्कालाई एक्का र बादशाह भनेर परिचय गराएको बताए । भिडियोलाई गीतको भाव अनुसार नै तयार पारिएको उनको भनाई थियो ।
नायिका अनु शाहले भिडियोमा आफूले पुरा मिहिनेत गरेर नृत्य गरेको सुनाइन् । मोडल उषा उप्रेतिले पनि भिडियो निकै राम्रो बनेको बताउँदै आफूहरुको मिहिनेतलाई दर्शकले साथ दिनेमा विश्वास व्यक्त गरिन् ।
मोडल म्याक्स नेपालले प्रवासमा रहेर नेपाली गीतसंगीतमा सक्रिय रहन केही समस्या भएपनि आफूलाई दर्शकले माया गरिदिएकोमा खुशी व्यक्त गरे ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया