वेस्टब्रुम च्याम्पियनसिप फर्कियो

काठमाडौँ: वेस्टब्रुम इंग्लिस फुटबलको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा झरेको छ । गत सिजनको अन्त्यमा च्याम्पियनसिपको उप-विजेता बन्दै इंग्लिस प्रिमियर लिगमा बढुवा भएको वेस्टब्रुम पहिलो श्रेणीमा एक सिजन मात्रै टिक्न सक्यो । आइतबार प्रिमियर लिगमा आर्सनलसँग हार ब्यहारेपछि वेस्टब्रुम रेलिगेट भएको हो ।
वेस्टब्रुमले ३५ खेलबाट २६ अंक बटुलेको छ । साम एलरडायसको टिमलाई प्रिमियर लिगमै रहन ३६ अंकको आवश्यकता रहन्छ । तर अब लिगमा तीन खेल मात्रै रहेकाले वेस्टब्रुमले प्रिमियर लिगमा रहन आवश्यक पर्ने अंक बटुल्न सम्भावना छैन । एलरडायस १७ सिजनमा पहिलो पटक रेलिगेट भएका हुन् ।
आर्सनलको जितमा निकोलस पेपे, एमिल स्मिथ रो र विलियानले समान एक गोल गरे । जितपछि आर्सनल ५२ अंकका साथ नवौँ स्थानमा रहेको छ ।
रेलिगेसनमा परेको वेस्टब्रुम लगातार चार खेलमा जितिविहिन छ । अब बाँकी रहेका तीन खेलमा वेस्टब्रुमले लिभरपुल, वेस्टह्याम र लिड्स युनाइटेडको सामना गर्नेछ । वेस्टब्रुमसँगै फुलहम र सेफिल्ड युनाइटेड पनि च्याम्पयनसिप फर्कने सम्भावना छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया