बिस्केट जात्राको लिङ्गो ढालियो

भक्तपुर- भक्तपुरको प्रसिद्ध बिस्का जात्रा अन्तर्गत नयाँ वर्षको दिन भेलुखेलमा योसिं: द्यो ढालिएको छ ।
बिहीबार ठड्याइएको ५५ हाते योसिं: द्यो लाई शुक्रबार तान्त्रिक विधि पूर्वक ढालिएको हो । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीक स्वरूप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो ।
भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हातहरू नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ । यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ । यी ध्वजाहरू फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ ।
बिस्केट जात्राको छैठौं दिन अर्थात वैशाख २ गते मध्यपुर थिमि बालकुमारीस्थित बिहान सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया